गृहपृष्ठ १४ महिनापछि देउवालाई प्रधानमन्त्री बनाउने ओलीको व्यंग्यात्मक घोषणा

१४ महिनापछि देउवालाई प्रधानमन्त्री बनाउने ओलीको व्यंग्यात्मक घोषणा


जेष्ठ १

काठमाडौँ    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १४ महिनापछि प्रधानमन्त्रीको पद किस्तीमा राखेर हस्तान्तरण गर्ने घोषणा गरेका छन्।

पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले देउवालतर्फ व्यंग्य गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।

‘कतिपयलाई कहिल्यै अवसर मिल्दैन, कतिपयचाहिँ पटक–पटक प्रधानमन्त्री बन्ने अवसर पाउँछन्,’ भन्दै ओलीले देउवालाई लक्षित गर्दै भने, ‘शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, अब फेरि मिल्न लागेको छ। १४ महिनापछि उहाँलाई प्रधानमन्त्रीको पद विधिपूर्वक, धूमधामका साथ किस्तीमा राखेर हस्तान्तरण गर्छु।’

ओलीले आफू पनि त्यसपछि योजना आयोगको पूर्वअध्यक्ष हुने बताए। उनले भने, ‘१४ महिनापछि म पनि मानार्थ सदस्य हुन्छु। अहिलेको अवस्था संयोग हो। धेरै योग्य व्यक्तिहरू अवसर नपाएर बाहिर छन्। सबैलाई एकैचोटि अवसर जाँदैन।’

प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति व्यंग्यात्मक भए पनि राजनीतिक संकेतपूर्ण रूपमा हेरिएको छ, जसले आगामी राजनीतिक समीकरण र सत्ता हस्तान्तरणबारे बहसको ढोका खोल्ने सम्भावना देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु