गृहपृष्ठ रास्वपा बुटवलको ‘युवा सरोकार’ संवाद सम्पन्न
रास्वपा बुटवलको ‘युवा सरोकार’ संवाद सम्पन्न
oplus_2
साउन ३०,२०८३
कल्पना घिमिरे
बुटवल । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुटवल उपमहानगरपालिका नगर कमिटीले आयोजना गरेको ‘युवा सरोकार’ संवाद तथा सुझाव संकलन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।
बुटवलस्थित एसियन होटलमा आयोजित कार्यक्रममा युवाका सवाल, सुशासन, रोजगारी, सार्वजनिक सेवा प्रवाह, बिचौलियाको अन्त्य, अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्यालगायत विषयमा छलफल भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्रीका नीति तथा सुशासनसम्बन्धी सल्लाहकार सुदीप ढकालले शिक्षा लगायतका क्षेत्रमा परिवर्तन ल्याउने गरी सरकारले नीति निर्माण गरिरहेको बताए। युवाका सवालमा सरकारले गरेका काम जनतामाझ पुर्याउने र थप रचनात्मक कामलाई प्राथमिकता दिइरहेको उनको भनाइ थियो।
उनले युवाका सुझाव र प्रश्नलाई सरकारका लागि महत्वपूर्ण मार्गदर्शनका रूपमा लिएको बताए।
कार्यक्रमका विशेष अतिथि प्रधानमन्त्रीका डेलिभरी युनिटका प्रमुख सन्तोष गिरीले सरकारका विभिन्न निकाय र पार्टी नेतृत्वले रातदिन काम गरिरहेको बताए। सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने दिशामा काम गरिरहेको उनको भनाइ थियो।
गिरीले पछिल्लो समय देखिएको ग्यासको लाइनको समस्या पनि अब करिब १० दिनभित्र समाधान हुने दाबी गरे।
कार्यक्रममा रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलले ,देशका समस्याको दीर्घकालीन समाधानका लागि प्रभावकारी नीति निर्माण र त्यसको कार्यान्वयन आवश्यक रहेको बताए। युवालाई देशमै रोजगारी र भविष्यको सुनिश्चितता दिन सकिए देश निर्माणमा उनीहरूको महत्वपूर्ण योगदान रहने उनको धारणा थियो।
नगर सभापति राजन पाण्डेले युवाहरू राष्ट्र निर्माणका बाहक भएको बताए। युवाको क्षमता र ऊर्जालाई सही ढंगले उपयोग गर्न सके देशको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
प्रदेश सभापति शालिकराम घिमिरे, जिल्ला सभापति महेन्द्रप्रसाद उपाध्याय प्रदेश सभापति शालिकराम घिमिरे र जिल्ला सभापति महेन्द्रप्रसाद उपाध्यायले पार्टी स्थापनाकालदेखि संगठन निर्माणमा योगदान दिएका नेता–कार्यकर्ताको भूमिकालाई सम्मान गर्दै संगठनलाई थप मजबुत र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। कार्यक्रममा चित्र बहादुर केसीले पनि आफ्नो माेतीपुर आैधगिक क्षेत्रकाे बारेमा महत्त्वपूर्ण धारणा राखेका थिए ।
कार्यक्रममा सहभागी युवाहरूले सरकारसँग सुशासन, रोजगारी, छिटोछरितो सार्वजनिक सेवा, बिचौलियाको अन्त्य, समयमै विकास निर्माणका काम सम्पन्न गर्नुपर्ने तथा अव्यवस्थित बसोबास र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने माग राखेका थिए।
युवाहरूले प्रधानमन्त्रीका नीति तथा सुशासनसम्बन्धी सल्लाहकार, प्रधानमन्त्री डेलिभरी युनिटका प्रमुख तथा अन्य नेताहरूलाई विभिन्न प्रश्न गर्दै सरकारका कामकारबाहीबारे खबरदारी समेत गरेका थिए।
कार्यक्रममा रास्वपाका सिखर रेग्मी, देवेश राज नेपाल, माया खनाल, शंकर गिरी लगायत धेरै युवाहरूले प्रश्न तथा सुझाव राखेका थिए। कार्यक्रममा युवाका सरोकार र सुझाव संकलन गरी आगामी दिनमा सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता जनाइएको थियो।














