गृहपृष्ठ मन्त्री लम्साललाई थप उपचारका लागि काठमाडौं लगिँदै
मन्त्री लम्साललाई थप उपचारका लागि काठमाडौं लगिँदै
Oplus_16908288
साउन ३१ २०८३
बुटवल टाइम्स
बैतडी भ्रमणका क्रममा बिरामी परेका भौतिक पूर्वाधार मन्त्री सुनील लम्साललाई थप उपचारका लागि अहिले हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदैछ।
बिहानदेखि उच्च ज्वरो र रुघाखोकी देखिएपछि उनलाई गोठालापानीस्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। चिकित्सकले सामान्य भाइरल ज्वरोको आशंका गरे पनि स्वास्थ्य अवस्था केही समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको हो।
सचिवालय स्रोतका अनुसार, मन्त्री लम्साललाई काठमाडौं ल्याउन हेलिकोप्टर उडान गरिएको र मौसमको अवस्थाअनुसार यात्रा अघि बढाइएको बताइएको छ। बिरामी भएपछि उनका बझाङलगायतका निर्धारित कार्यक्रम प्रभावित भएका छन्।
लम्साल धनगढी–दिपायल द्रुतमार्ग, महाकाली करिडोर तथा जिल्ला अस्पतालको भौतिक संरचनाको निरीक्षणका क्रममा बैतडी पुगेका थिए।














