गृहपृष्ठ रसुवाको बाढीपछि सर्वदलीय बैठकका १० निर्णय, राहतमा राजनीतिकरण नगर्ने
रसुवाको बाढीपछि सर्वदलीय बैठकका १० निर्णय, राहतमा राजनीतिकरण नगर्ने
भदौ १२ , २०८३
बुटवल टाइम्स
काठमाडौँ । रसुवामा आएको बाढीपछि देशमा उत्पन्न असहज परिस्थितिबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले १० निर्णय गरेको छ।
बिहीबार बसेको बैठकले राहत तथा उद्धार कार्यमा राजनीतिकरण नगर्ने र आर्थिक सहयोग संकलनमा सरकारी एकद्वार प्रणालीको पालना गर्ने निर्णय गरेको हो।
बैठकले सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग गर्नुपर्ने, हिमतालहरूको वैज्ञानिक अध्ययन तथा नक्साङ्कन गर्नुपर्ने र विपद् कूटनीतिको विस्तार गर्नुपर्नेमा जोड दिएको छ।
त्यस्तै, बाढी प्रभावितको उद्धार, राहत तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने, पुनर्निर्माणका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहयोगका लागि अपिल गर्ने निर्णय पनि गरिएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सहभागी थिए।

















