गृहपृष्ठ माटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धार

माटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धार


भदौ १२,२०८३
बुटवल टाइम्स

काठमाडौ – रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ।
खोज तथा उद्धारमा खटिएको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी गर्दा उनलाई पुरिएको अवस्थामा फेला पारेको हो। शुक्रबार साँझ करिब सवा ६ बजे उद्धार गरिएकी बालिका गम्भीर तथा अचेत अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको छ। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडानमा कठिनाइ भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु