गृहपृष्ठ भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा सेना मार्फत आठ टन राहत सामग्री पठाइयो

भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा सेना मार्फत आठ टन राहत सामग्री पठाइयो


भदौ ११”२०८३

बुटवल टाइम्स

काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। राहत सामग्री आज राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत छन्।
बाढीका कारण जनजीवन प्रभावित भइरहेका बेला राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्‍याउने उद्देश्यले गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा सामग्री व्यवस्थापन तथा ढुवानी गरिएको जनाइएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु