गृहपृष्ठ क्यानसँगको औपचारिक सम्बन्ध तोड्दै सन्दीप : केन्द्रीय सम्झौताको परिधिबाट बाहिरिने घोषणा
क्यानसँगको औपचारिक सम्बन्ध तोड्दै सन्दीप : केन्द्रीय सम्झौताको परिधिबाट बाहिरिने घोषणा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौताबाट अलग हुने निर्णय गरेका छन्।
आइसिसी विश्वकप लिग–२ मा सहभागी हुन युके प्रस्थान गर्नुअघि उनले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी सार्वजनिक गर्दै अबदेखि आफू क्यानको केन्द्रीय सम्झौतामा नबस्ने स्पष्ट पारेका हुन्।
सन्दीपले आफ्नो निर्णय देश वा क्रिकेटबाट टाढा हुने उद्देश्यले नभएको जनाएका छन्। साथै, उनले अघिल्लो समयसम्म दिएको साथ र समर्थनका लागि क्यानप्रति आभार व्यक्त गरेका छन्।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीपले केन्द्रीय सम्झौता ननव renew गर्ने सम्बन्धमा पहिल्यै इमेलमार्फत जानकारी गराइसकेका थिए। प्रवक्ताले भने, “उनको इमेल छलफलको चरणमा थियो, तर उनले सामाजिक सञ्जालमा पोस्ट गरेपछि कार्यसमिति बैठकमार्फत थप निर्णय गरिनेछ।”










