गृहपृष्ठ बुटवल उपमहानगरपालिकाले ५१ लाख प्रधानमन्त्री विपद् कोषमा पठाउने, १३ दिन मनोरञ्जन कार्यक्रम नगर्न अपिल
बुटवल उपमहानगरपालिकाले ५१ लाख प्रधानमन्त्री विपद् कोषमा पठाउने, १३ दिन मनोरञ्जन कार्यक्रम नगर्न अपिल
भदौ ११,२०८३
बुटवल टाइम्स
बुटवल । बुटवल उपमहानगरपालिकाले बाढी–पहिरोलगायत विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ प्रधानमन्त्री विपद् कोषमा पठाउने निर्णय गरेको छ। उपमहानगरपालिकाको विपद् समितिमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो।
त्यस्तै, देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै आगामी १३ दिनसम्म कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगर्न उपमहानगरपालिकाले सबैमा अपिल गरेको छ। जनप्रतिनिधिहरूलाई समेत १३ दिनसम्म मनोरञ्जनात्मक कार्यक्रममा सहभागी नहुन कार्यपालिकाले निर्णय गरेको छ।
यसैगरी, बुटवल उपमहानगरपालिकाका

















