गृहपृष्ठ भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा तीव्रता दिन बुटवलका राजनीतिक दलको आग्रह

भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा तीव्रता दिन बुटवलका राजनीतिक दलको आग्रह


भदौ १४,२०८३
बुटवल टाइम्स

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल–११ का सभापति सुनील शाहको आह्वानमा वडा नं. ११ मा क्रियाशील विभिन्न राजनीतिक दलहरूको बैठक बसेको छ।
बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
बैठकले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बैठकमा नेपाली कांग्रेस बुटवल–११ का सभापति जितबहादुर मल्ल, नेकपा एमाले बुटवल–११ का अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, नेकपा बुटवल–११ का संयोजक विनोद पछाई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लक्ष्मण श्रेष्ठ सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु