गृहपृष्ठ रविलाई प्रधानमन्त्री बालेनको ब्रिफिङ : सरकारी संयन्त्र पूर्ण परिचालित छन
रविलाई प्रधानमन्त्री बालेनको ब्रिफिङ : सरकारी संयन्त्र पूर्ण परिचालित छन
भदौ १५,२०८३
बुटवल टाइम्स
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, नागरिक व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुनःस्थापनाबारे छलफल भएको थियो।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराए।

















