गृहपृष्ठ नेपाल आयल निगमको कारोबार ३६७ अर्ब, नाफा १३ अर्ब ६७ करोड

नेपाल आयल निगमको कारोबार ३६७ अर्ब, नाफा १३ अर्ब ६७ करोड


पुस २८, २०८२

काठमाडौं – नेपाल आयल निगमले गत आर्थिक वर्षमा ३६७ अर्ब रुपैयाँको कारोबार गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगले निगमलाई यो उपलब्धि दिलाएको हो।

निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार, कुल कारोबारमा खुद नाफा १३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ भने सरकारी राजस्वमा १२४ अर्ब रुपैयाँको योगदान पुर्‍याइएको छ।

गत आर्थिक वर्षमा निगमले विभिन्न इन्धन आपूर्ति पनि गरेको छ। विवरणअनुसार, पेट्रोल ६३ हजार किलो लिटर, डिजेल १२२ हजार किलो लिटर, मट्टितेल २ हजार किलो लिटर, हवाई इन्धन १८ हजार किलो लिटर र एल.पी. ग्यास ४६ हजार टन वितरण गरिएको छ।

कार्यकारी निर्देशक भट्टका अनुसार, “स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगले निगमको कारोबार र नाफा दुवैमा सकारात्मक प्रभाव परेको छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु