गृहपृष्ठ मधेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मधेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मंसिर २१, २०८२
मधेश प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमवार (२१ मंसिर) पद र गोपनीयताको शपथ ग्रहण गरेका छन्।
उनीलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाए।
यादवले मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
यसअघि, कांग्रेस संसदीय दलका नेता रहेका यादवलाई ७ दलका ७७ प्रदेश सभा सदस्यको समर्थनमा मंसिर १९ गते मुख्यमन्त्री नियुक्त गरिएको थियो। उनलाई समर्थन गर्ने दलहरूमा कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र (तत्कालीन), लोसपा र एकीकृत समाजवादी (तत्कालीन) रहेका छन्।
पहिले एमालेका नेता सरोज कुमार यादव मुख्यमन्त्री थिए। संविधानको धारा १६८(३) अनुसार नियुक्त भएका उनले मंसिर १७ गते राजीनामा दिएपछि सरकारको नेतृत्व कांग्रेसकामा गएको हो।
एउटै मुद्दामा सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। विश्वासको मत लिन नसकेपछि उनले राजीनामा दिएका थिए।
अब नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजै छोटो आकारको मन्त्रिपरिषद् (क्याबिनेट) गठन गर्ने तयारी गरेका छन्।









