गृहपृष्ठ पूर्व सांसद र मन्त्रीलाई समानुपातिकमा नदोहो¥याउने नेकपाको निर्णय

पूर्व सांसद र मन्त्रीलाई समानुपातिकमा नदोहो¥याउने नेकपाको निर्णय


पुस १४, २०८२

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ यसअघि सांसद भइसकेका वा मन्त्री भएका व्यक्तिहरूलाई सूचीमा नराख्ने निर्णय गरेको छ। पार्टीले समानुपातिकतर्फ पूर्ण रूपमा नयाँ अनुहारहरू अघि सार्ने नीति अवलम्बन गरेको हो।

पार्टीको शीर्ष नेतृत्वबीच भएको सहमति अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिक दुवै माध्यमबाट निर्वाचित भइसकेका नेताहरूलाई यसपटक सिफारिस नगर्ने निर्णय गरिएको बताइएको छ। आज समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन रहेको अवस्थामा पार्टीले सबै नयाँ व्यक्तिहरूलाई समेटेर सूची तयार गरेको हो।

समानुपातिक सूचीमा नयाँ अनुहारलाई प्राथमिकता दिने निर्णय नेपाली कम्युनिष्ट पार्टीले मात्रै गरेको बताइँदैछ, जसलाई राजनीतिक वृत्तमा फरक र साहसी कदमका रूपमा हेरिएको छ। पार्टीभित्र नेतृत्व हस्तान्तरण र नयाँ पुस्तालाई अवसर दिनुपर्ने मागलाई सम्बोधन गर्न यो निर्णय गरिएको स्रोतको भनाइ छ।

समानुपातिक उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले लिइरहेका छन्। उनीहरूको छलफल र समन्वयमा बन्दसूचीलाई अन्तिम रूप दिइँदैछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु