गृहपृष्ठ सिमरा विमानस्थल वरिपरि कर्फ्यू, जेन–जी र एमाले समर्थकबीच झडप

सिमरा विमानस्थल वरिपरि कर्फ्यू, जेन–जी र एमाले समर्थकबीच झडप


मंसिर ३, २०८२

सिमरा — सिमरा विमानस्थल क्षेत्रमा बुधबार जेन–जी समूहको प्रदर्शन तीव्र बनेपछि स्थिति तनावग्रस्त बनेको छ। एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई प्रवेश रोक्न प्रदर्शनकारीले विमानस्थल छिर्ने मार्गमा टायर बालेर अवरुद्ध गरेका छन्।

प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप समेत भएको प्रहरीको भनाइ छ। सुरक्षा चुनौती बढेपछि प्रदर्शन स्थल वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले सिमराको स्थिति प्रहरी नियन्त्रणमै रहेको र थप सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए। प्रहरीको पटक–पटकको चेतावनीपछि पनि प्रदर्शनकारीले सडक खाली गरेनन्।

संभावित क्षति र हिंसा रोक्न बारा प्रशासनले राजमार्ग तथा विमानस्थल क्षेत्रलाई समेटेर दिउँसो १२:३० बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू लागू भएपछि सिमरा विमानस्थलको सेवा पनि स्थगित गरिएको प्रहरी प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु