गृहपृष्ठ लाइसेन्स प्रणालीमा समस्या: सबै सेवा अनिश्चितकालका लागि बन्द
लाइसेन्स प्रणालीमा समस्या: सबै सेवा अनिश्चितकालका लागि बन्द
२० असार, काठमाडौं — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान नभएसम्मका लागि सम्बन्धित सबै सेवा बन्द गरिएको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लाइसेन्ससँग सम्बन्धित सम्पूर्ण सेवा बन्द रहने जानकारी गराएको हो।
“सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) बन्द गरिएको व्यहोरा जानकारी गराइन्छ,” विभागले जारी गरेको सूचनामा उल्लेख छ।
विभागका अनुसार समस्या समाधानको प्रयास जारी छ। तर पूर्णरूपमा मर्मत नभएसम्म कुनै सेवा सञ्चालन हुने छैन।
यस निर्णयसँगै नयाँ लाइसेन्स आवेदन, नवीकरण, लिखित तथा प्रयोगात्मक परीक्षा, सिफारिससहितका सबै प्रक्रिया ठप्प भएका छन्। सेवाग्राहीहरूलाई थप जानकारीका लागि अर्को सूचना पर्खन विभागले आग्रह गरेको छ।










