गृहपृष्ठ काठमाडौं प्रहरीको ‘शान्त छिमेकी अभियान’ : अबेर राति फ्लस र प्रेसर कुकर प्रयोगमा ध्यान दिन अनुरोध
काठमाडौं प्रहरीको ‘शान्त छिमेकी अभियान’ : अबेर राति फ्लस र प्रेसर कुकर प्रयोगमा ध्यान दिन अनुरोध
- भदौ १९, २०८२
काठमाडौं — काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै नागरिकहरूलाई छिमेकीसँग शान्तिपूर्वक बसोबास गर्न अनुरोध गरेको छ।
बुधबार सुरु गरिएको अभियानमा पाँच बुँदा र त्यसका उपबुँदाहरू सार्वजनिक गर्दै प्रहरीले विशेषगरी अबेर राति वा बिहान सबेरै हुने आवाज नियन्त्रणमा ध्यान दिन आग्रह गरेको छ।
प्रहरीका अनुसार, अबेर राति शौचालयको फ्लस गर्दा उत्पन्न हुने ध्वनि कम गर्ने उपाय अपनाउन, प्रेसर कुकरमा सिट्ठी लगाउने काम राति अबेर वा बिहान सबेरै नगर्न, फोन कल गर्दा आवाज कम राख्न, हेडफोन प्रयोग गर्न, अबेरसम्म ठूलो स्वरमा गफ नगर्न तथा भान्सामा भाँडाकुडा हात्ति वा ठूलो आवाज नउत्पन्न गर्न समेत अनुरोध गरिएको छ।
प्रहरीको उद्देश्य छिमेकीहरूबीच विवाद कम गर्नु र दैनिक जीवनमा शान्ति कायम राख्नु रहेको बताइएको छ।









