गृहपृष्ठ निर्वाचनमार्फत प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व: कमल गिरी अध्यक्ष निर्वाचित

निर्वाचनमार्फत प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व: कमल गिरी अध्यक्ष निर्वाचित


प्रेस सेन्टर नेपालले आफ्नो इतिहासमा पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ। काठमाडौंको थापागाउँस्थित काठमाडौं बैंक्वेटमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन सम्पन्न भएको हो। संगठनका मुख्य पदहरूमा सहमति नभएपछि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो।

आइतबार राति सार्वजनिक मत परिणाम अनुसार, अध्यक्षमा कमल गिरी ३६६ मत प्राप्त गर्दै प्रतिस्पर्धी दीपेन्द्र रावललाई १९१ मतले पछि पार्दै विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३९७ मत ल्याएर निर्वाचित भए, भने उनका प्रतिस्पर्धी सुदीप वर्देवाले १११ मत प्राप्त गरे। महासचिवमा मनोज घर्तीमगर ३७९ मत प्राप्त गर्दै निर्वाचित भए, उनका प्रतिस्पर्धी दीपेन्द्र शर्माले १४८ मत पाए। उपमहासचिवमा ज्ञानप्रसाद पौडेल, सचिव (खुला) मा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव (महिला) मा अन्जली थापा, सचिव (समावेशी) मा अवतार राई, र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भएका छन्। यी पदहरूमा निर्विरोध नभएकाले मतदानमार्फत विजयी घोषणा गरिएको निर्वाचन प्रमुख गोविन्द आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु