गृहपृष्ठ सीके राउतले संसदीय राजनीतिबाट अवकाश लिने घोषणा गरेका छन्।

सीके राउतले संसदीय राजनीतिबाट अवकाश लिने घोषणा गरेका छन्।


 

चैत्र २, २०८२

बुटवल टाइम्स

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष राउतले अब उप्रान्त संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन्। प्राइम टीभीको कार्यक्रम **‘जनता जान्न चाहन्छन्’**सँगको अन्तर्वार्तामा उनले यसबारे खुलासा गरेका छन्।

उनका अनुसार यसपटकको निर्वाचन जिते पनि वा हारे पनि संसदीय राजनीतिबाट अलग हुने सोच पहिले नै बनाएको बताएका छन्। “यसपालिको निर्वाचनमा जिते पनि हारे पनि संसदीय राजनीतिबाट अवकाश लिन्छु भन्ने सोचेको थिएँ। यसको अर्थ पार्टीलाई अलपत्र पार्छु भन्ने होइन। आगामी निर्वाचनका लागि पार्टीले तयारी गरे पनि म भने संसदीय चुनाव लड्दिनँ,” उनले भने।

राउतले संसदमा आफ्नो ठूलो उपयोगिता नरहेको महसुस भएको पनि बताए। उनले अब संसदीय राजनीतिमा सक्रिय नहुने र कुनै पनि निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा नगर्ने स्पष्ट पारे।

उनले 2022 Nepalese general election (२०७९ को निर्वाचन) मा समेत उम्मेदवार बन्ने इच्छा नभएको दाबी गरे। “साथीहरू भक्तपुरमा बसेर समानुपातिक सूची बनाइरहेका थिए। मैले समानुपातिक वा प्रत्यक्षमा पनि उम्मेदवार नबनाउनुस् भनेको थिएँ,” उनले भने।

तर पार्टीका सहकर्मीहरूले आफू चुनाव नलडे कार्यकर्ताको मनोबल घट्ने र एक सिट पनि नजितिए के गर्ने भन्ने चिन्ताले आफूलाई उम्मेदवार बन्न आग्रह गरेको उनले बताए। “यसरी नचाहँदा नचाहँदै लडेँ,” उनले स्मरण गरे।

हालको निर्वाचन परिणामप्रति आफू दुःखी नभएको राउतको भनाइ छ। “यसपालि पनि म निर्वाचन नलड्ने सोचमै थिएँ। पराजित हुन्छु भन्ने धेरै हदसम्म थाहा थियो,” उनले भने।

उनले यदि आफू चुनाव नलडेको भए मधेशवादी दलहरू पराजित हुनुको दोष आफूलाई पनि आउन सक्ने बताए। “तर चुनाव लडेर ठीकै गरेछु भन्ने लागेको छ,” उनले थपे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु