गृहपृष्ठ ४८ महिला सहित रास्वपाले समानुपातिकतर्फ ५७ जनाको नाम टुङ्गायो

४८ महिला सहित रास्वपाले समानुपातिकतर्फ ५७ जनाको नाम टुङ्गायो


 

चैत्र १, २०८२

बुटवल टाइम्स

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ।

आइतबार बसेको रास्वपाको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष सहित ५७ जनाको नामावली प्रस्ताव गरेको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्।

प्रवक्ता झाका अनुसार प्रस्तावित सूची विभिन्न सामाजिक क्लस्टरका आधारमा यसरी विभाजन गरिएको छः

खस–आर्य: १७ जना

आदिवासी जनजाति: १६ जना

मधेसी: ९ जना

दलित: ८ जना

थारु: ४ जना

मुस्लिम: ३ जना

रास्वपाले कुन क्लस्टरबाट को–को परे भन्ने नाम भने हालसम्म सार्वजनिक गरेको छैन।

प्रवक्ता झाका अनुसार अब यो सूची निर्वाचन आयोगमा पठाइने छ  अायाेगले यी नामावली रुजु गरेर स्वीकृति गरेपछि मात्रै अन्तिम नामावली सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु