गृहपृष्ठ मुम्बई इन्डियन्सको सुरुआत निराशाजनक, चेन्नईको बलियो आगमन
मुम्बई इन्डियन्सको सुरुआत निराशाजनक, चेन्नईको बलियो आगमन
रचिन रविन्द्र र कप्तान रुतुराज गायक्वाडको अर्धशतकको मद्दतमा चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा विजयी सुरुआत गरेको छ। रचिन रविन्द्रको अविजित ६५ रन र कप्तान रुतुराज गायक्वाडको ५३ रनको अर्धशतकले चेन्नईलाई जित दिलाएको हो।
मुम्बईले प्रस्तुत गरेको १५६ रनको लक्ष्य चेन्नईले १९।१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
मुम्बईका बलर विग्नेश पुथुरले ३ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको मुम्बईले तिलक वर्मा ९३१० र सूर्यकुमार यादव ९२९० को योगदानमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो।
चेन्नईका लागि अफगानी बलर नूर अहमद स्टार बने – उनले ४ ओभरमा १८ रन दिँदै ४ विकेट लिए। खलील अहमदले पनि सशक्त प्रदर्शन गर्दै ३ विकेट लिए।
उत्कृष्ट ब्याटिङ र बलिङको तालमेलसहित चेन्नईले आईपीएलमा सशक्त सुरुवात गरेको छ।










