गृहपृष्ठ दक्षिणी लेबनानमा हवाई आक्रमण, मृत्यु र घाइतेको संख्या बढ्दो
दक्षिणी लेबनानमा हवाई आक्रमण, मृत्यु र घाइतेको संख्या बढ्दो
लेबनानको पूर्वी र दक्षिणी भागमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा ६ जनाको ज्यान गएको र २८ जना घाइते भएको पुष्टि भएको छ।

दक्षिणी लेबनानको टायर शहर र वरपरका गाउँ तथा उपत्यकाहरूमा आक्रमण हुँदा ६ को मृत्यु र २२ जना घाइते भएको लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले जानकारी दिएको छ।
यसैबीच, पूर्वी लेबनानमा भएका छुट्टाछुट्टै आक्रमणमा थप ६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।
आक्रमणपछि क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ भने मानव अधिकार संस्थाहरूले नागरिकमाथिको आक्रमणको आलोचना गरेका छन्।















