गृहपृष्ठ प्रतिनिधि सभा समितिमा नेपाल प्रहरी विधेयक छलफल अगाडि बढाउने तयारी

प्रतिनिधि सभा समितिमा नेपाल प्रहरी विधेयक छलफल अगाडि बढाउने तयारी


भाद्र २२, २०८२

 काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने विधेयकमाथि छलफल अघि बढाउँदैछ। समितिले सोमबार बिहान ११ बजे बैठक राखेको छ, जसमा विधेयकमा दर्ता भएका संशोधन प्रस्तावहरूसँग सांसदहरूले छलफल गर्नेछन्।

यस विधेयकमा हालसम्म ५१ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। सांसद् मैना कार्की, प्रेम सुवाल, विमला सुवेदी, शेरबहादुर कुँवर, प्रकाश जवाल, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, भानुभक्त जोशी, जनार्दन शर्मा लगायतले विधेयकका कतिपय प्रावधान सच्याउनका लागि प्रस्तावहरू दर्ता गरेका हुन्।

२०१२ सालमा बनेको प्रहरी ऐनलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा प्रहरी प्रधान कार्यालय नक्साल र पूर्वप्रहरी वरिष्ठ अधिकृतहरूले केही प्रावधानमा असन्तुष्टि जनाएका छन्। यस सम्बन्धमा पूर्वप्रहरी उच्च अधिकृतहरूले सबै राजनीतिक दलका सांसदहरूसँग छलफल पनि गरेका छन्।

नेपाल प्रहरी विधेयक ११ फागुन २०८१ देखि समितिमा विचाराधीन रहेको छ। समितिमा पुगेको ६ महिनापछि यस विधेयकमाथि छलफल अघि बढ्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु