गृहपृष्ठ संसदमा एआई प्रयोगले नीति निर्माणलाई सहज बनाउने सभामुख घिमिरेको विश्वास
संसदमा एआई प्रयोगले नीति निर्माणलाई सहज बनाउने सभामुख घिमिरेको विश्वास
- भदौ २१, २०८२
काठमाडौं – सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन भइरहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले भने कि संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने, र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुने विश्वास गरेका छन्।
सभामुख घिमिरेका अनुसार, यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्नेछ। उनले थपे, “कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको छ। नियमित स्वास्थ्य परीक्षणमा भिडियोमार्फत सुझाव लिन सकिन्छ, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ, टेलिमेडिसिन सेवा दूरदराजका क्षेत्रसम्म पुर्याउन सकिन्छ, र आपतकालीन अवस्थामा प्रारम्भिक चेतावनी प्रणालीबाट जोखिम घटाउन सकिन्छ।”












