गृहपृष्ठ चीनमा प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता

चीनमा प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता


१६ भदौ,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्र (लाओस)का राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच आज दुईपक्षीय भेटवार्ता भएको छ।

चीनको थियानजिनमा आयोजना भइरहेको शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि पुगेका प्रधानमन्त्री ओली र राष्ट्रपति सिसौलिथबीच बिहान भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी हित, सहकार्य र पारस्परिक सम्बन्धलाई सुदृढ बनाउने विषयमा चर्चा गरिएको थियो।

प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा आजै सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पाँचदिने चीन भ्रमणको क्रममा उनले विभिन्न राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग निरन्तर भेटवार्ता गर्दै आएका छन्।

आजै उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग समेत भेटवार्ता गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु