गृहपृष्ठ कांग्रेस कार्यसम्पादन समिति बैठकमा सरकारको कामकाजको समीक्षा गरिने
कांग्रेस कार्यसम्पादन समिति बैठकमा सरकारको कामकाजको समीक्षा गरिने
काठमाडौं । नेपाली कांग्रेसले आगामी १० गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टीका मुख्य सचिव प्रदीप पराजुलीका अनुसार, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ।
मंगलबार बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकाजको समीक्षा र पार्टीको भावी रणनीतिका बारेमा छलफल हुने बताइएको छ।










