गृहपृष्ठ सरकारी कार्यक्रममा नआउनेको नाम अब सूचीमा नराख्न ओलीको निर्देशन

सरकारी कार्यक्रममा नआउनेको नाम अब सूचीमा नराख्न ओलीको निर्देशन


काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी तर्फबाट आयोजना गरिएका कार्यक्रममा बारम्बार बोलाएर पनि नआउने व्यक्तिहरूको नाम भविष्यमा नसमावेश गर्न निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। काठमाडौं महानगर प्रमुख बालेन्द्र साहप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रमका निम्तो दिने तर सधैं अनुपस्थित हुने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे।

“सधैं कार्यक्रममा बोलाउने तर नआउने प्रवृत्तिको अन्त्य हुनुपर्छ। कोही कोही मान्छे हरेक समारोहमा नाम राखिन्छ, तर उनीहरू कहिल्यै देखिँदैनन्। यस्तो स्थितिमा नाम झुन्ड्याइरहनुको कुनै अर्थ छैन,” प्रधानमन्त्री ओलीले भने।

उनका अनुसार यस्तो किसिमको औपचारिकता त्यागेर वास्तविक सहभागितामा जोड दिनु आवश्यक छ। “कसैको हैसियत देखाउन मात्र नाम समावेश गर्ने चलन छोड्न सकिन्छ,” प्रधानमन्त्रीले भने।

ओलीले गणतन्त्र दिवसलाई केवल सरकारी समारोहको सीमितताभित्र नराखी जनस्तरमा व्यापक रूपमा मनाउनु पर्नेमा जोड दिए। “गणतन्त्र जनताको उपलब्धि हो, यसलाई जनसाधारणको सहभागितामा उत्सवको रूपमा मनाउनुपर्छ,” उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु