गृहपृष्ठ जुनसुकै बेला पनि काठमाडौं केन्द्रित आन्दोलन हुनसक्ने .ं प्रचण्ड

जुनसुकै बेला पनि काठमाडौं केन्द्रित आन्दोलन हुनसक्ने .ं प्रचण्ड


२८ फागुन, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले सुनिश्चित गरेका विभिन्न वर्ग र समुदायका हक, हित रअधिकारको रक्षाका लागि जुनसुकै बेला पनि काठमाडौं केन्द्रित आन्दोलन हुनसक्ने बताएका छन् ।

बुधबार   बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चाको छैटौं सम्मेलनलाई सम्बोधन गर्दै  गप्रचण्डले सरकारका खराब क्रियाकलापका कारण प्रतिगामी शक्तिको चलखेल बढ्दै गएकाे भन्दै जुनसकुै बेला काठमाडौंमा लाखौं जनता उतार्ने गरी आन्दोलनका लागि अपिल हुनसक्ने  बताए ।‘ जनयुद्धको बलमा प्राप्त अधिकार र उपलब्धी उल्टाउने प्रयास हुँदैछ, त्यसलाई जोगाउन नयाँ राष्ट्रिय आन्दोलन आवश्यक छ,’ प्रचण्डले भने, ‘पार्टीले अपिल गरेको बेला काठमाडौंमा लाखौंको संख्यामा उपस्थित हुन तयार हुनुपर्छ ।’

उपलब्धी उल्ट्याउने प्रतिगामी शक्तिको चलखेल सफल हुन नदिने दाबी गर्दै   ‘सबै अहिलेकाे अधिकारको जननी माओवादी हो, त्यसको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हो, धमिलो पानीमा माछा मार्न सल्बलाएका छन  चलखेल सफल हुँदैन,’ प्रचण्डले भने ।

कुलमान घिसिङको उदाहरण दिँदै प्रचण्डले अहिलेको सरकारले भ्रष्टाचारीलाई जोगाउने र राम्रो काम गर्नेलाई सताउने गरिरहेको उल्लेख गरे । उनले आफू प्रधनमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध जुनसुकै पार्टीका नेता भएपनि कारबाही सुरू गरेको, सामाजिक सुरक्षा कोष लागू गरेर १५ लाख श्रमिक आवद्ध गराएको, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाएको चर्चा गर्दै त्यो सबै बिचौलियाहरूलाई मन नपरेर असंवैधानिक र अप्राकृतिक हिसाबले सरकार ढालिएको तर्क गरे ।

अहिलेको सरकारले पास हुनेलाई फेल र फेल हुनेलाई पास गराउने आरोप लगाउँदै प्रचण्डले प्रधानमन्त्रीले सामुदायिक विद्यालयका शिक्षकलाई ५२ प्रतिशत विद्यार्थी फेल गराएको भन्दै सेवा सुविधा किन बढाउने भनेर होच्याएको उल्लेख गरे ।तर प्रधानमन्त्री आफैं र मन्त्रीहरूको कार्य सम्पादन निकै कमजोर, भएको नदेखेको भन्दै प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।विगतमा पार्टीले आधारभूत वर्ग मजदुर किसानसँग बलियो सम्बन्ध बनाउन नसकेको स्वीकार्दै त्यो गल्ती सच्याउन र जनतासँग माफी माग्न फेरि जनतामाझ आएको बताए ।

सम्मेलनमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, पुर्व सभामुख ओनसरी घर्ती लगायतले अहिलेका राजनीतिक अधिकार प्राप्तिमा मगर समुदायको आन्दोलनमा पनि भूमिका रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु