गृहपृष्ठ निलम्बित सांसद बस्नेत र राईमाथि कांग्रेस बैठकमा छलफल, देउवाको जवाफ— ‘हामी पनि थुनाबाट आएका हौं’

निलम्बित सांसद बस्नेत र राईमाथि कांग्रेस बैठकमा छलफल, देउवाको जवाफ— ‘हामी पनि थुनाबाट आएका हौं’


काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको आज बसेको बैठकमा निलम्बित सांसद मोहनबहादुर बस्नेत र माया राईसम्बन्धी मुद्दा प्रमुख रूपमा उठेको छ।

बैठकमा सहभागी नेताहरूले दुवै सांसदमाथि लागेको आरोपबारे छलफल गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा मुद्दा दायर गरिसकेको छ भने माया राईमाथि सहकारी ठगीको आरोप लागेको छ। राई धरौटीमा रिहा भइसकेकी छन्।

दुवै सांसदबारे कुरा उठेपछि सभापति शेरबहादुर देउवाले राजनीतिक जीवनमा यस्ता घटनाहरू सामान्य हुने धारणा व्यक्त गरेका थिए। प्रमुख सचेतक श्याम घिमिरेका अनुसार, देउवाले भनेका थिए, “राजनीतिमा यस्ता कुराहरू भइरहन्छन्, हामी पनि जेल र थुनाबाट आएका हौँ।”

देउवाले यो विषयलाई अनावश्यक रूपमा ठूलो बनाउनु नपर्ने र संविधानिक निकायबाट अघि बढाइएको प्रक्रियामा पार्टीले कुनै प्रतिकिया नजनाउने स्पष्ट पारेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु