गृहपृष्ठ समाचार
पुस २८, २०८२ काठमाडौँ – जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्दै सर्वपक्षीय सरकार गठनको माग गरेको छ। समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै नयाँ प्रणालीअनुसार सरकार गठन गर्नुपर्ने जिकिर गरेको छ। ढुंगानाले भने,...
पुस २८, २०८२ काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि खटाइने निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ। नेपाल प्रहरीले पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत इच्छुक उम्मेदवारबाट आवेदन लिन सुरु गरेको हो। आवेदन खुला...
पुस २४, २०८२ काठमाडौं। नेपाल सरकारले अमेरिका–भेनेजुएलाबीच बढ्दो तनावप्रति चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न सबै पक्षलाई अपिल गरेको छ। विज्ञप्तिमा...
पुस २२, २०८२ काठमाडौँ, २२ पुस — नेपाली कांग्रेसका नेताहरुबीच फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको रणनीति र गठबन्धनबारे विवाद अझै जारी छ। नेता डा. शेखर कोइरालाले पार्टीका ३०भन्दा बढी केन्द्रीय सदस्यसँग मंगलबार भएका भेटघाटमा प्रतिनिधि सभामा कसैसँग तालमेल...
पुस २०, २०८२ बुटवल । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. १ र ५ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ। रुपन्देही क्षेत्र नं. १ का लागि क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टी केन्द्रीय कमिटी सचिव तथा पूर्वमन्त्री...
पुस १५, २०८२ बुटवल।नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल मण्डपमा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रम सम्पन्न भएको छ। १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा...
मंसिर २५, २०८२ काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ताका लागि आवेदन दिएका राजनीतिक दलहरूले नाम फिर्ता लिन चाहेको खण्डमा आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकेको छ। आयोगका अनुसार समानुपातिक तर्फका लागि हालसम्म १०० राजनीतिक दलले...
मंसिर २५, २०८२ बुटवल । कात्तिक १३ गतेदेखि निरन्तर सारिँदै आएको रास्वपा अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी सम्बन्धी सहकारी ठगी मुद्दा आज पनि स्थगित भयो। आजको इजलासमा न्यायाधीश सागर विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी भएकाले...
मंसिर २३, २०८२ काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले सरकार सुशासन स्थापनाका लागि तीव्रगतिमा काम गरिरहेको बताएकी छन्। भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले यो सरकार केवल ‘चुनावी सरकार’ मात्र नभई जेनजी आन्दोलनले उठाएका सुशासनका मागको जगमा...
मंसिर २३, २०८२ काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन तथा भोलिपल्ट देखिएको विध्वंशबारे छानबिन गर्न गठित आयोगले सुरक्षा निकायका शीर्ष अधिकारीहरूको बयान लिन सुरु गर्ने तयारी गरेको छ। आयोगसम्बद्ध स्रोतका अनुसार आयोगले मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग...



