गृहपृष्ठ कार्यसम्पादन मूल्यांकनमा विराटनगर महानगरपालिका ६ महानगरमध्ये उत्कृष्ट
कार्यसम्पादन मूल्यांकनमा विराटनगर महानगरपालिका ६ महानगरमध्ये उत्कृष्ट
माघ २९, २०८२
२९ माघ, काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका देशभरका महानगरपालिकामध्ये सबैभन्दा उत्कृष्ट ठहरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकका आधारमा गरेको मूल्यांकनअनुसार विराटनगरले ७८.११ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
आयोगका अनुसार वित्तीय व्यवस्थापन, सेवा प्रवाह, पारदर्शिता, योजना कार्यान्वयन तथा आन्तरिक राजस्व परिचालन लगायतका सूचकमा विराटनगरले उल्लेखनीय सुधार र प्रभावकारी कार्यसम्पादन गरेको देखिएको छ ।
यस मूल्यांकनमा ललितपुर महानगरपालिका ७६.३३ अंकसहित दोस्रो स्थानमा रहेको छ भने भरतपुर महानगरपालिका ६८.०४ अंकसहित तेस्रो स्थानमा छ ।
आयोगले स्थानीय तहहरूको कार्यसम्पादन सुधार गर्न तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न यस्तो मूल्यांकन सार्वजनिक गरिएको जनाएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको छ । जुन देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो ।










