गृहपृष्ठ गौरमा तनाव: सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन, १८ जना नियन्त्रणमा

गौरमा तनाव: सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन, १८ जना नियन्त्रणमा


फाल्गुन ९, २०८२

जनकपुरधामगौरमा उत्पन्न तनावपूर्ण अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरीसशस्त्र प्रहरी बलसहित तीनै सुरक्षा निकाय परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शान्ति–सुरक्षा कायम राख्न संयुक्त सुरक्षा व्यवस्था कडा बनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले नेपाल प्रेससँग कुरा गर्दै विवादमा संलग्न रहेको आशंकामा हालसम्म १८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

उनले दुई समुदायबीच संवादमार्फत समस्या समाधानका लागि पहल थालिएको र अवस्था सामान्य बनाउन निरन्तर प्रयास भइरहेको बताए।

प्रशासनका अनुसार घटनालाई उक्साउने आशंकामा केही व्यक्तिहरूलाई निगरानीमा राखिएको छ। आवश्यक परे कानुनी कारबाही अघि बढाइने जनाइएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जनाउँदै प्रशासनले सर्वसाधारणलाई संयमित र शान्त रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु