गृहपृष्ठ मन्त्रिपरिषद् बैठकबाट सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने निर्णय
मन्त्रिपरिषद् बैठकबाट सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने निर्णय
माघ १८, २०८२
काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
सरकारले यसअघि संसदमा दर्ता गरेको सो विधेयक विभिन्न कोणबाट आलोचित हुँदै आएको थियो।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेन–जी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने निर्णय पनि गरेको छ। शालिक निर्माणका लागि सिंहदरबार परिसरको गुरुयोजनामा संशोधन गर्न स्वीकृति दिइएको छ।










