गृहपृष्ठ आइरिनाको १६औँ महासभा आबुधाबीमा सुरु, नेपालको सक्रिय सहभागिता

आइरिनाको १६औँ महासभा आबुधाबीमा सुरु, नेपालको सक्रिय सहभागिता


पुस २८, २०८२

आबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरिना) को १६औँ महासभा सुरु भएको छ। “मानवताको सशक्तीकरण, साझा समृद्धिका लागि नवीकरणीय ऊर्जा” नारासहित सुरु भएको महासभामा १७७ राष्ट्रका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्।

महासभामा नेपालको तर्फबाट यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको छ। महासभालाई सम्बोधन गर्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सन् २०३५ सम्म नेपालको विद्युत उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य रहेको जानकारी गराए। उनले नवीकरणीय ऊर्जा क्षेत्रमा लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु