गृहपृष्ठ गगन थापाको सपना: युवालाई देशमै राख्ने, उच्च आम्दानी हुने रोजगारी सिर्जना गर्ने

गगन थापाको सपना: युवालाई देशमै राख्ने, उच्च आम्दानी हुने रोजगारी सिर्जना गर्ने


  • भदौ २१, २०८२

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभित्र नै आकर्षक रोजगारी सिर्जना गरी युवा पलायन रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने कि पूर्वाधार विकाससँगै मानिसको आकांक्षा पनि बढेको छ, र यही आकांक्षा पूरा गर्न नसक्दा युवाहरू विदेश जाने क्रम बढिरहेको छ।

थापाले विदेशमा काम गर्ने नेपालीले राम्रो आम्दानी गरिरहेको उदाहरण दिँदै नेपालमै त्यस्तै स्तरको रोजगारी सिर्जना गर्नुपर्ने औँल्याए। उनले भने, “अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नुपर्छ। त्यो पनि सामान्य रोजगारी मात्र नभई, राम्रो आम्दानी हुने रोजगारी हुनुपर्छ।”

महामन्त्री थापाले कांग्रेसले युवालाई देशमै बसेर आर्थिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्ने सपना देख्नुपर्ने र त्यसका लागि पार्टी जे पनि गर्न तयार हुनुपर्ने बताएका छन्। उनका अनुसार सरकारमा बस्नु वा राजनीतिक पदमा टिक्नु काँग्रेसका लागि गौण कुरा हो। उनले थपे, “मैले देखेको सपनालाई आम नागरिकको सपना बनाउँछु र यो सपना पूरा गर्न प्रतिबद्ध छु भन्ने भरोसा दिलाउँछु।”

थापाले बीपी कोइरालाले गरिबी हटाउने सपना देखेको स्मरण गराउँदै, आजको काँग्रेसले युवालाई देशमै रहन प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु