गृहपृष्ठ भण्डारीको सदस्यता विवादमा फरक मत राख्न खोज्ने कर्ण थापालाई रोक : अध्यक्ष ओली
भण्डारीको सदस्यता विवादमा फरक मत राख्न खोज्ने कर्ण थापालाई रोक : अध्यक्ष ओली
भाद्र २१, २०८२
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने पार्टी निर्णयमाथि असहमति जनाउन तयार नेता कर्ण थापालाई पार्टी नेतृत्वले रोक लगाएको छ ।
गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन थापा फरक मत वाचनका लागि मञ्चमा उभिन तयार थिए । स्थायी कमिटी सदस्यसमेत रहेका थापालाई प्रतिवेदन प्रतिनिधिहरूलाई बाँड्न र फरक मत पढ्न अनुमति दिइएको थियो ।
तर, अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि थापासँग तीन घण्टासम्मको वार्तापछि आफूलाई कन्भिन्स गर्न नसकेको भन्दै रोक लगाए । एक प्रतिनिधिका अनुसार, ओलीले भने, “तपाईँले मलाई कन्भिन्स गर्न सक्नुभएन, जानुस्।”
थापा आधा घण्टासम्म मञ्चमा उभिए पनि फरक मत नपढी फर्किन बाध्य भए । थापाले ३२ पृष्ठ लामो फरक मतमा भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने विषयहरू समेटेका थिए।
बिहीबार साँझको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको पक्षमा फरक मत राखेका थिए। उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले उनलाई समर्थन गरेका थिए।
अध्यक्ष ओलीले विधान महाधिवेशनमा विद्यादेवी भण्डारीको सदस्यताको विषय छलफल हुने नहुने स्पष्ट पारिसकेका छन्।










