गृहपृष्ठ नुवाकोटको त्रिशूलीपारिको भूभाग सडक सञ्जालमा जोडियो
नुवाकोटको त्रिशूलीपारिको भूभाग सडक सञ्जालमा जोडियो
भदौ १५ ,२०८३
कल्पना घिमिरे
नुवाकोट – त्रिशूली नदीमा रहेका पुलहरूमा क्षति पुगेपछि सडक सम्पर्कबाट प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ।
पुर्वधार विकास मन्त्रालयका अनुसार त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुलपारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा ल्याइएको हो।
सडक सञ्चालनमा आएसँगै त्रिशूलीपारिका नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ। साथै, विपद्बाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री र अत्यावश्यक वस्तुको आवतजावतमा समेत सहजता हुने जनाइएको छ।

















