गृहपृष्ठ मन्त्री लाम्सालको निर्देशनमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना कार्यदल गठन

मन्त्री लाम्सालको निर्देशनमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना कार्यदल गठन


भदौ १५,२०८३
बुटवल टाइम्स

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ।
कार्यदलले २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउनेछ। सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार र स्वास्थ्यलगायत क्षेत्रको क्षति तथा आवश्यकताको पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्ने मन्त्रालयले जनाएको छ।
कार्यदलले विपद्बाट भएको क्षतिको प्राविधिक मूल्याङ्कन, अत्यावश्यक सेवाको पुनःसञ्चालन, प्रभावित परिवार तथा संरचनाको जोखिमका आधारमा वर्गीकरण र तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्नेछ।
त्यस्तै, संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय गरी आवश्यक जनशक्ति, उपकरण, सामग्री र बजेटको व्यवस्थापनमा सहजीकरण गर्नेछ।
पुनर्निर्माणका क्रममा बाढी, पहिरो, भूगर्भीय अवस्था तथा जलवायुजन्य जोखिमलाई ध्यान दिँदै ‘Build Back Better’ को सिद्धान्त लागू गरिने मन्त्रालयले जनाएको छ। कार्यदलले कामको नियमित अनुगमन तथा मूल्याङ्कन गरी प्रगति, समस्या र समाधानका उपायसहित सम्बन्धित निकायमा प्रतिवेदन पेश गर्नेछ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु