गृहपृष्ठ अमेरिकाबाट नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग

अमेरिकाबाट नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग


  • भदौ १९, २०८२

 काठमाडौं — अमेरिकाले नेपाली सेनालाई मानवीय उद्धार र आपतकालीन प्रतिक्रिया क्षमतामा सुधारका लागि स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ।

आज बिहान जंगीअड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले उक्त उपकरणहरू हस्तान्तरण गरे। हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राई पनि उपस्थित थिए।

नेपाली सेनाले जानकारी दिएको छ कि एयर एम्बुलेन्स मुख्यत: घाइते वा बिरामीहरूको उद्धारका लागि प्रयोग हुनेछ भने स्काई ट्रकले सामग्री र राहत सामान ढुवानी गर्न सहयोग गर्नेछ। यस सहयोगले नेपाली सेनाको आपतकालीन व्यवस्थापन र राहत वितरण क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु