गृहपृष्ठ कक्षा १२ का विद्यार्थीद्वारा शिक्षकमाथि खुँडा प्रहार

कक्षा १२ का विद्यार्थीद्वारा शिक्षकमाथि खुँडा प्रहार


२१ वैशाख बुटवल — दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित हिमाल बोर्डिङ स्कुलमा एक विद्यार्थीले आफ्नै शिक्षकमाथि खुँडा प्रहार गरेका छन्।

शुक्रबार बिहान करिब साढे १० बजे कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुरेश सुनारले सोही स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठको बाँया काँध र दुवै हातको पाखुरामा चोट लागेको छ।

घाइते शिक्षकको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ।
प्रहरीले घटनापछि शनिबार राति करिब पौने ९ बजेको समयमा सुरेश सुनारलाई पक्राउ गरेको छ।

दाङ प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार आक्रमणको कारण अझै नखुलेको छ र घटनाको अनुसन्धान जारी छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु