गृहपृष्ठ भारतीय दूतावासअगाडि शान्ति समाजको प्रदर्शन, युद्ध र आतंकवादको विरोध

भारतीय दूतावासअगाडि शान्ति समाजको प्रदर्शन, युद्ध र आतंकवादको विरोध


काठमाडौं, वैशाख २७ – मानवअधिकार तथा शान्ति समाजको नेतृत्वमा शुक्रबार काठमाडौंस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ। ‘शान्तिको विकल्प छैन’, ‘युद्धमा कसैले जित्दैन’, ‘पराजित त केवल मानवता हुन्छ’, ‘आतंकवाद सदैव निन्दनीय छ’, ‘सिन्धु जल सम्झौता निलम्बन कति मानवीय छ?’ जस्ता नारासहित व्यानर र प्लेकार्ड बोकेर सहभागीहरू विरोधमा उत्रिएका थिए।

प्रदर्शनकारीले भारत विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भए पनि त्यस लोकतन्त्रको छायाँमा नेपालजस्तो छिमेकी मुलुकको लोकतन्त्रमाथि कतै हस्तक्षेप नहोस् भन्ने चिन्ता व्यक्त गरे। उनीहरूले भारत र नेपालको जनस्तरको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै, अतिवाद र आतंकवादबाट पीडित मुलुक पाकिस्तान स्वयंले आतंकवादलाई अंगाल्न खोज्नुको औचित्यमाथि समेत प्रश्न उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु