गृहपृष्ठ नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाद्वारा शपथ ग्रहण

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाद्वारा शपथ ग्रहण


 २१ बैशाख २०८२,

आईतवारनवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गर्बुजालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई वैशाख १७ गते राज्यमन्त्री नियुक्त गरेका थिए। त्यसको पाँच दिनपछि, आइतबार, उनले शपथ लिएका हुन्।

यसअघि वैशाख १९ गते शपथ हुने भनिए पनि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो। त्यसै स्थगित शपथ आज सम्पन्न भएको हो।

प्रधानमन्त्री ओलीले वैशाख १० गते तत्कालीन ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई पदबाट बर्खास्त गरेका थिए। तामाङलाई हटाएपछि रिक्त रहेको उक्त पदमा नेपाली कांग्रेसको सिफारिसमा गर्बुजालाई नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु