गृहपृष्ठ एमालेले राष्ट्रियसभाका लागि ६ उम्मेदवार टुंग्यायो , लुम्बिनीबाट रामकुमारी झाँक्री
एमालेले राष्ट्रियसभाका लागि ६ उम्मेदवार टुंग्यायो , लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३, २०८२
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उम्मेदवार चयन गरिएको एक नेताले जानकारी दिएका छन्।
एमालेबाट राष्ट्रियसभा उम्मेदवार बन्नेमा रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा,जसमा लुम्बिनीबाट रामकुमारी झाँक्री, कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मिनासिंह रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो
राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार नेपाली कांग्रेस र एमालेले ७–७ सिट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ३ सिट र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट लिने सहमति भएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। यस निर्वाचनमार्फत रिक्त हुने १८ सदस्यका लागि चुनाव हुँदैछ।
आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिएको थियो भने मंगलबार अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ।
कार्यतालिकाअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।










