गृहपृष्ठ राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस


माघ १४, २०८२

काठमाडौँ । यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन पेस गर्दै निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार निर्वाचन व्यवस्थापन, मतदाता सहभागिता तथा सुरक्षाका विषयमा कुनै उल्लेखनीय समस्या नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, आयोगले राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न कुल २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जानकारी दिएको छ। खर्च विवरण प्रतिवेदनमार्फत औपचारिक रूपमा राष्ट्रपतिसमक्ष बुझाइएको हो।

कार्यक्रममा राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोगलाई धन्यवाद व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु