गृहपृष्ठ जेन-जी आन्दोलनको सन्देशले कांग्रेसलाई आत्मसमीक्षातर्फ डोर्‍यायो : महामन्त्री पौडेल

जेन-जी आन्दोलनको सन्देशले कांग्रेसलाई आत्मसमीक्षातर्फ डोर्‍यायो : महामन्त्री पौडेल


२७ माघ २०८२

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काँग्रेसले जेन-जी आन्दोलनको सन्देशलाई सकारात्मक रूपमा लिएको र त्यसलाई सुधारतर्फ अघि बढ्ने संकेत दिएको बताएका छन्।

कान्तिपुर कन्क्लेवको दोस्रो दिनको अन्तिम सत्र “नीति, नेता र नेतृत्व” मा बोल्दै महामन्त्री पौडेलले भने, “अब हामी केवल प्रश्न खोज्ने र शंका मात्र गरिरहने अवस्था बाट सकारात्मक दिशातर्फ पनि अघि बढ्ने हो।” उनले स्वीकारे कि प्रशस्त गल्तीहरू भए र ती सुधार्नुपर्ने आवश्यक छ। “नागरिकले पनि ‘तिमी सच्चिएर आऊ’ भनेका छन्ला, त्यसलाई हामीले ध्यानमा राख्नुपर्छ,” उनले थपे।

महामन्त्री पौडेलले अहिलेको राजनीतिक परिप्रेक्ष्यमा ठूला पुराना दलहरू मिलेर चुनाव लड्ने अवस्था बनेको छैन पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु