गृहपृष्ठ सरकारी सेवा सुधार्न ‘डिजिटल गभर्नेन्स’ आवश्यक : गगन थापा

सरकारी सेवा सुधार्न ‘डिजिटल गभर्नेन्स’ आवश्यक : गगन थापा


माघ २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र सर्वसाधारणले भोग्दै आएको सास्तीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले सामान्य सरकारी सेवा लिनसमेत नागरिकले लामो लाइन बस्नुपर्ने, फाइल घुमिरहनुपर्ने र अनावश्यक ढिलाइ सहनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्। “कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ। आम नागरिकलाई कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ,” उनले उल्लेख गरेका छन्।

थापाले अबको प्रशासनिक संरचना चुस्त, पारदर्शी र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन्। ‘न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’ को सिद्धान्तअनुसार राज्य संयन्त्रलाई पुनःसंरचना गर्नुपर्ने उनको भनाइ छ।

परम्परागत कागज र फाइलमा आधारित सेवा प्रणालीले जनतालाई दुःख दिएको उल्लेख गर्दै उनले प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाह सुधार गर्नुपर्ने बताए। ‘डिजिटल गभर्नेन्स’ लागू गरेर सेवा प्रवाहको शैली र प्रक्रिया परिवर्तन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै उनले प्रविधिमैत्री प्रशासन नै लाइन र झन्झटको अन्त्य गर्ने प्रभावकारी उपाय भएको बताएका छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु