गृहपृष्ठ सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ताले नेपाल ‘ग्रे–लिस्ट’मै रहने जोखिम : अर्थमन्त्री खनाल

सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ताले नेपाल ‘ग्रे–लिस्ट’मै रहने जोखिम : अर्थमन्त्री खनाल


माघ १४, २०८२

काठमाडौँ, १४ माघ — अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) अपराधमा संलग्न व्यक्तिको सम्पत्ति तत्काल जफत गर्नुपर्ने बताएका छन्। उच्च प्रोफाइल मुद्दा राजनीतिक कारणले फिर्ता लिँदा नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्ने उनले चेतावनी दिए।

एफएटीएफ (Financial Action Task Force) र एपीजी (Asia Pacific Group) ले नेपालले पर्याप्त प्रगति र प्रमाण प्रस्तुत गर्न नसकेको निष्कर्ष निकालेकाले नेपाल अझै ‘ग्रे–लिस्ट’बाट बाहिर निस्कन कठिन अवस्थामा रहेको खनालको भनाइ छ।

उनले हालै रवि लामिछानेसँग जोडिएका सहकारी ठगी तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा सरकारले फिर्ता लिएको प्रसंग उल्लेख गर्दै यस्ता निर्णयले अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश जाने बताए। महान्यायाधिवक्ताको कार्यालयबाट उच्च प्रोफाइल मुद्दामा राहत दिने निर्णय हुनु संवेदनशील विषय भएको उनको टिप्पणी छ।

यसअघि सहकारी ठगीका अभियुक्त गितेन्द्रबाबु (जीबी) राईलाई दुई वर्षसम्म नेपाल ल्याउन नसकिएको र उनको राहदानी फुकुवा गरिएको घटनाले दण्डहीनताको अवस्था देखाएको अर्थमन्त्री खनालले बताए।

सम्पत्ति शुद्धिकरणविरुद्ध ठोस प्रगति नगरे नेपालले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा थप कठिनाइ भोग्नुपर्ने उनले चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु