गृहपृष्ठ रामेछापमा बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु,थप विवरण आउन बाँकी

रामेछापमा बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु,थप विवरण आउन बाँकी


माघ २७, २०८२

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा दुर्घटनाग्रस्त भएको छ।

२७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा दुर्घटनाग्रस्त भएको छ।

रामेछापको मचानेटार क्षेत्रमा प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार गाडी साहुसहित पाँच जनाको शव निकालिएको छ।

दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र बसमा सवार यात्रुहरूको संख्या सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु