गृहपृष्ठ मोबाइल र ल्यापटप आयातमा वृद्धि, चालु आर्थिक वर्षको तीन महिनामा राजस्व ५० करोड पुग्यो
मोबाइल र ल्यापटप आयातमा वृद्धि, चालु आर्थिक वर्षको तीन महिनामा राजस्व ५० करोड पुग्यो
कार्तिक १३, २०८२
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा स्मार्टफोन र ल्यापटपको आयातमा वृद्धि देखिएको छ।
भन्सार विभागका तथ्यांकअनुसार, चालु आर्थिक वर्षको तीन महिनामा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँको स्मार्टफोन र २ अर्ब ६१ करोड ९४ लाख ७६ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक आयात गरिएको छ।
सो अवधिमा ८ लाख ४ हजार ८६९ वटा मोबाइल आयात भएका छन्। तुलना गर्दा, गत आर्थिक वर्षको समान तीन महिनामा ९ अर्ब ८३ करोड २८ लाख रुपैयाँ मूल्य बराबरको ६ लाख ५५ हजार ६३१ मोबाइल आयात भएको थियो।
ल्यापटप र नोटबुक आयातमा पनि वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको तीन महिनामा ३९ हजार ७३२ वटा ल्यापटप र नोटबुक आयात भएको छ, जुन गत वर्षको ३३ हजार २८६ वटा भन्दा ६ हजार ४७६ बढी हो।
यस आयातबाट ५० करोड ५३ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।










