गृहपृष्ठ समसामयिक
२०८२ भदौ १६ काठमाडौँ – विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकका विभिन्न सङ्घ–संस्थाहरूको संयुक्त आन्दोलन समितिले चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेको छ। समितिले भोलि १९ भदौदेखि सुरु हुने कार्यक्रमहरूको रूपरेखा सार्वजनिक गरेको छ। आन्दोलन कार्यक्रम अनुसार, भोलि बिहान ११ बजे...
२०८२ भदौ १६ सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध जति सुदृढ हुन्छ, विकास र समृद्धिको लक्ष्यमा पुग्ने बाटो त्यति नै सहज हुने बताएका छन्। कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकलाई सोमबार...
२०८२ भदौ १६ काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र हालैको विवादको केन्द्रीय विषय बनेको छ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय।यो निर्णयसँगै पार्टीभित्र असन्तुष्टि तीव्र बनेको छ र फरक मतसहितको प्रतिवेदन तयार गर्ने प्रक्रिया सुरु भइसकेको छ। वरिष्ठ...
लमही, १६ भदौ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी काठमाडौं र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङबीच मुटुरोग उपचार, चिकित्सा शिक्षा तथा अनुसन्धानमा पारस्परिक सहकार्य गर्ने उद्देश्यसहित तीन वर्षे सम्झौता सम्पन्न भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्साल...
काठमाडौँ, १६ भदौ – निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्याली निकालेर प्रदर्शन गरेका छन्। उनीहरूले हाल पारित भएको विद्यालय शिक्षा विधेयकमा “पूर्ण छात्रवृत्ति” र “क्रमशः गैरनाफामूलक” बनाउने शब्द हटाउन माग गरेका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट...
१६ भदौ २०८२ काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअघि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ । भदौ १३ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । त्यसपछि १९ वा २० गते बैठक बस्ने भनिए पनि...
दुग्ध विकास संस्थान (डीडीसी) वर्षौंदेखि घाटामा छ – हालसम्मको सञ्चित नोक्सानी २ अर्ब नाघिसकेको छ, किसानलाई तिर्नुपर्ने बक्यौता मात्रै १ अर्ब छ। मासिक ३० करोड जति व्यवस्थापन खर्च, कर्मचारीलाई उपदान र तलब दिनुपर्ने चाप, सरकारसँग लिएको ऋण र ब्याज–सबैले डीडीसीलाई...
नवलपरासी — नवलपरासी पश्चिममा समुदाय स्तरमै पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको छ । मोबाईल प्रविधिमार्फत नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउने लक्ष्यका साथ लुम्बिनी प्रदेशको यो चौथो जिल्लामा अभियान अघि बढाइएको हो । यसअघि पाल्पा, बाँके र अर्घाखाँचीमा अभियान...
सोमबार, १६ भदौ २०८२, काठमाडौं । सरकारले निजी मेडिकल कलेजहरूमा एमबीबीएस र बीडीएस सिट बढाउने निर्णय गरेसँगै चिकित्सा शिक्षाको गुणस्तरबारे गम्भीर प्रश्न उठ्न थालेका छन्। दुई साताअघि सिंहदरबारमा बसेको चिकित्सा शिक्षा आयोगको २१औँ बैठकले हालसम्म तोकिएको १०० को एमबीबीएस सिट...
१३ भदौ २०८२ काठमाडौँ । सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ । न्याय परिषद्को परामर्शमा शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्ष तोकेको हो । त्यस्तै विशेष अदालतका सदस्यमा उच्च...











