गृहपृष्ठ निरन्तर बढिरहेको सुनको भाउ एकैदिन साढे २० हजारले घट्यो
निरन्तर बढिरहेको सुनको भाउ एकैदिन साढे २० हजारले घट्यो
१६ माघ २०८२
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, एक तोला चाँदीको मूल्य सात हजार ६५ रुपैयाँ तोकिएको छ।
यसअघि बिहीबार एक तोला छापावाल सुन तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य सात हजार ५०५ रुपैयाँ थियो।
गत बुधबार सुनको मूल्य एकैदिन साढे २० हजार रुपैयाँले घटेर तीन लाख १८ हजार ८०० रुपैयाँमा झरेको थियो भने चाँदी सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि मंगलबार सुन तीन लाख ९ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु (चाँदी) प्रतिऔँस ११७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।









